काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि जर्मनीले नेपाललाई १ मिलियन युरो सहयोग रकम उपलब्ध गराउने भएको छ ।
नेपालस्थित जर्मन दूतावासले कोरोना भाइरस (कोभिड(१९) को आपतकालिन अवस्था नियन्त्रण तथा रोकथामको लागि उक्त रकम उपलब्ध गराउँन गराउन लागेको जनाएको छ ।
दूतावासले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सहयोग उपलब्ध गराउने जनाएको हो ।
त्यतिमात्र नभएर जर्मनीले आएको अन्य स्वास्थ्य कार्यक्रमसँगसँगै सो सहयोग पनि उपलब्ध गराउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया