प्रधानमन्त्रीको सम्बोधनः कोरोना भाइरस आपतकालीन कोषमा १० करोड जम्मा गर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालले सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै कोषमा १० करोड जम्मा गर्ने जानकारी गराएका हुन् ।

कोरोना भाइरस नियन्त्रणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रले साझा धारणा बनाउनको लागि गरेको भिडियो कन्फेरेन्समा उक्त सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?