काठमाडौं । एउटा चिनियाँ रेष्टुरेन्टबाट मगाइएको खानामा मानिसको दाँत भेटिएको छ । स्टिफनी म्याकडोनघ र डेविड बरोजले होम डेलिभरीका लागि मगाएको पोर्क करीमा मानिसको दाँत भेटिएको हो ।
खानामा मानिसको दाँत भेटिएपछि रेष्टुरेन्टका म्यानेजरे आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार रहेको र उक्त दाँत आफ्ना कुनै पनि कर्मचारीको नभएको स्पष्ट हुने बताए । स्थानीय अधिकारीले रेष्टुरेन्टको अनुसन्धान पनि गरेका छन् । रेष्टुरेन्टमा सरसफाइमा कुनै पनि कमि नभएको पाइएको छ । त्यसैगरी रेष्टुरेन्टको कुनै कर्मचारीको दाँत पनि नझरेको स्पष्ट भएको छ ।
यसरी अनुसन्धानका क्रममा रेष्टुरेन्टको कुनै पनि गल्ति नभेटिएपनि रेष्टुरेन्टलाई कुनै पनि किसिरमको कारबाही नगरिने भएको छ । रेष्टुरेन्टले भने स्टिफनी म्याकडोनघ र डेविड बरोजलाई निशुल्क खाना खुवाउने र पैसा फिर्ता गर्ने भनेता पनि उनीहरुले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया