बेलायतमा एक नेपालीको मृत्यु, के हो कारण ?

लण्डन । बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मृतक पूर्वगोर्खा सैनिक रहेको बताइएको छ ।

निमोनिया भएपछि एक महिनादेखि स्थानीय नर्थविकपार्क अस्पतालमा उपचार गराइरहेका नाम नखुलाइएका उनको गत मंगलबार मृत्यु भएको हो । उनलाई पछिल्लो समय रुघाखोकीको समस्या पनि देखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार अस्पतालले उनमा कोरोना भाइरसको संक्रमण हुन पुगेर मृत्यु भएको आशंका गरेपनि रिपोर्ट आइनसकेकाले स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

दुई दशक पहिले उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको र पछिल्लो समय उनमा विभिन्न स्वास्थ्य समस्या आउने गरेको थियो ।

बिरामीको मृत्युपछि चिकित्सकहरुले परिवारका सदस्यलाई क्वारेन्टाइनमा बस्न समेत सुझाएकाले पनि उनको कोरोना संक्रमणको आशंका गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?