यी हुन् अनुहार हेरेर थाहा पाउन सकिने रोगहरु

काठमाडौं । अनुहारबाट मानिसहरुको उ कस्तो अवस्थामा छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ, वा उसको अवस्थाको बारेमा थाहा पाउन सकिन्छ ।  उनीहरु खुसी भएको, दुखी भएको, बिरामी र पीडा लगाएत अनुहार बाट नै स्पष्टै झल्किरहेका हुन्छन् ।

तर आज हामी तपाईहरुलाई मानिसको अनुहार हेरेरनै कुन रोग लागेको हो भन्ने थाहा पाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन गईरहेका छौँ ।

१. यदि कसैको पुरा अनुहार सुन्निएको छ भने त्यस व्यक्तिलाइ मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ ।

२. यदि कुनै पुरुषको दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्दछ ।

३. यदि कुनै महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आयो भने थाइराइड वा हर्मोनल असन्तुलनको संकते भन्ने बुझ्न सकिन्छ ।

४. लामो समयसम्म अनुहार र आँखामा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । यसले जन्डिसको पनि संकेत गर्दछ। साथै यो पहेलोपन पोलियो र रक्तस्रावको संकेत पनि हुनसक्छ ।

५. यदि कसैको अनुहारमा सेतो दाग हुनुमा क्याल्सियमको कमी, आइरनको कमी तथा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ ।

६. यदि कोहि व्यक्तिको अनुहारमा सेतो दागहरु भएमा कुष्ठ रोग तथा पेटमा जुका रहेको संकेत हो ।

७. यदि कसैको अनुहारमा पानी फोका देखिन्छ भने उसलाई ‘चिकेनपक्स (ठेउला) को संकेत हो ।

८. अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?