दर्ता नगरी स्यानिटाइजर बिक्रि गर्न नपाइने

काठमाडों । कोरोना भाइरसको कारण ह्यान्ड स्यानिटाइजर बिक्रि बढेको छ । बजारमा धेरै किसिमका ह्यान्ड स्यानिटाइजर बिक्रि वितरण भएकाले दर्ता गरेर मात्रै बिक्री वितरण गर्न
निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै त्यस्तो निर्देशन दिएको हो । त्यस्तै बजारमा स्यानिटाइजरको प्रयोग अत्यधिक भएको तर यसको गुणस्तरको एकिन हुन नसकेको भन्दै दर्ता गर्न उत्पादक कम्पनीहरुलाई आगह गरेको हो ।

साथै स्यानिटाईजर प्रविधिजन्य उत्पादन भएको र यसको सम्पूर्ण नियमन गर्ने अधिकार आफूहरुलाई भएको औषधि व्यवस्था विभागले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?