काठमाडौं । सुदूरपश्चिमकी एक महिला सांसदलाई उच्च ज्वरोको कारण अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।
केहिदिन यता उनलाई रुघाखोकी र ज्वरो आएपछि सुदूरपश्चिम प्रदेश सभाकी सदस्य गत शुक्रवारबाट सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।
उनलाईलाई ज्वरो देखिएपछि आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।
साथै उनको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको .अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया