काठमाडौं । नेपाली आकाशमा आज ठुलो दुर्घटना टरेको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आइतबार बिहान ९ बजेतिर जहाजको एउटा इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।
विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन । नेपाल नागरिक उडड्यन कार्यालयका सुचना अधिकारी त्रिलोचन पौडेलका अनुसार जहाजका एउटा इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो । तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।
‘समस्यामा परेको विमानले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको विमानसँग कुरा भएछ’ ‘त्यसपछि तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराएको नेपाल नागरिक उडड्यन कार्यालयका सुचना अधिकारी त्रिलोचन पौडेलले बताए ।
यो पनि पढ्नुहोस् : के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?
एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए । तर जहाज सामान्य रुपमै अवतरण भयो । विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका छन् ।
विमानका क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेनमा पिडि शेर्पा थिए । दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परीक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानबिन थालेको जानकारी दिए । लुक्लाका लागि उडेका यात्रुहरुलाई तारा एयरको विमानले लिफ्ट गरेर गन्तव्यमा लगेको पौडेलले बताए ।
यो पनि पढ्नुहोस् : हवाइ यात्रा गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस यी ४ कुरा
यसअघि गत भाद्र १८ गते बुधबार सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका थिए । लुक्लाबाट आएको सीताको नाइनएन–एजेएच नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएपछि क्याप्टेन भरत थापाले जहाज सकुशल काठमाडौं अवतरण गराएका हुन् ।
सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यका अनुसार उक्त जहाज भाद्र १८ गते बुधबार बिहान ८ः५१ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । कुनै पनि यात्रु नभएको उक्त जहाज र चालक दलका सदस्यमा कुनै पनि क्षति पुगेको थिएन । सफल ल्याण्डिङ पछि पाईलट भरत थापासँग लोकपथले सम्पर्क गरेको थियो ।
यो पनि पढ्नुहोस् : क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’
लोकपथमा यसअघि विमानबारे प्रकाशित भएका समाचार पढ्नुभएको थियो :
सावधान ! जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति !
हवाइ यात्रा गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस यी ४ कुरा
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना
महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण
संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ?
उड्न लागेको विमानमा मौरी बसेपछि‘
‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)
२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित
चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण
के हो ‘ब्ल्याक बक्स’ रु दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?
उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित)
उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘
प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान
क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’
डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया