बल्ल ‘लकडाउन’ भयो कञ्चनपुर, राति १२ बजे देखी लागू हुँनेछ यस्तो नियम !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर लकडाउन गरेको छ । कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

सतर्कताका लागि लक डाउन गर्नेको निर्णय गरेको प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले लोकपथलाई बताए । सुरक्षा समितिको आइतबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

 यो पनि पढ्नुहोस्  : के हो ‘लकडाउन’? के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?