कोरोनाविरुद्ध जुध्न नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने एनआरएनएको घोषणा

काठमाडौं । कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।

संघको आइतबार बसेको ७२ औं बैठकले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
संघका अध्यक्ष कुमार पन्तले सो रकम बराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।
संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति, त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको अध्यक्ष पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?