स्वास्थ्यमन्त्रीले डाके आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण भयावह बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी नेपालको अवस्था बताउने भएका छन् ।

अहिले स्वास्थ्यमन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने सचिवालयले जानकारी दिएको छ । अहिले मन्त्रालयमा छलफल चलिरहेको र छलफल पछि पत्रकार सम्मेलन गरेर नेपालको अवस्थाबारे जानकारी गराउने सचिवालयले बताएको छ ।

सरकारले अहिले उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ । लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ भने कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?