काठमाडौं । ५० वेडभन्दा बढीका अस्पतालमा फिवर क्लिनिक स्थापना गर्ने निर्णय भएको समेत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण भयावह बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिए ।
उनले नियमित फलोअपमा नआउँदा असर नपर्नेहरुलाई अस्पताल नआउने आग्रह गरेका छन् । साथै, उनले नियमित शल्यक्रिया हाललाई स्थगित गर्ने पनि निर्देशन दिएका हुन् ।
त्यस्तै, सरकारले आज १० बजेबाट एक साताका लागि भारत र चीनतर्फको अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवागमन बन्द गरेको छ । कोरोना भाइरसको सङ्क्रमण भयावह बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिए ।
सरकारले अहिले उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ । लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ भने कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया