प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन् – ‘नाकामा आयात निर्यात निर्वाध हुन्छ’

काठमाडौं – मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार हिजोबाट भारतसँगको नाका बन्द गरिएतापनि आयात निर्यात निर्वाध रुपमा हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई बताएका छन् ।

मानिसहरुले सरकारको यो निर्णयले सामान नाकामा रोकिन सक्ने र अप्ठेरो पर्नसक्ने भन्दै अत्यावश्यक सामानको जोहो गरिरहेको बेला उनले लोपथसँग कुरा गर्दै आयात निर्यात निर्वाध हुने बताएका हुन् । यदि नाकामा आपूर्ति नै प्रभावित भएमा जनजीवन नराम्ररी संकटमा धकेलिने हुँदा निर्वाध आपूर्तिको तयारी भइरहेको उनको भनाई छ ।

अत्यावश्यक सामान नरोकिने भनिएता पनि हाल नेपालको मुख्य नाका विरगंज विगतको तुलनामा सुनसान रहेको छ । भारतले हिजैबाट लक डाउन मा कडाइ गरको छ । भारतका राज्य सरकारहरुले समेत लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाउन थालिसकेका छन् । यसले गर्दा निकट भबिस्यमा आपूर्ति मा प्रभाब पर्ने निश्चित देखिन्छ ।

यस तर्फ हाम्रो तयारी के छ भन्ने प्रश्नमा भट्टराई भन्छन, ”भारतका राज्यहरुले कार्गो सवारी साधन संचालन मा रोक नलगाउने भनेका छन् । सरकारले कुटनैतिक माध्यमबाट भारतसंग समन्वय गरि रहेकै छ र आवस्यक परे बिशेष पहल गरेर समेत आपूर्ति व्वस्था सहज बनाइने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?