काठमाडौं । युएईमा रहेका र विमानस्थल तथा विभिन्न देशसँगको सीमा बन्द हुँदा अलपत्र परेका विदेशी नागरिकले वैध रुपमै निरन्तर बस्न पाउने भएका छन् । ‘परिचयपत्र तथा नागरिकताका लागि संघीय प्राधिरकण’ ले यस्तो जानकारी दिएको हो ।
यस विषयमा बाँकी जानकारी केही समयपछि दिइने जनाइएको छ । कोभीड- १९ सँग जुध्नका लागि युएईले विभिन्न देशसँग अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।
यहाँ कार्यरत नेपाली समेत यस निर्णयपछि अन्योलमा परेका थिए । भिसा पनि सकिइसकेको र घर फर्कनका लागि उडान समेत अवरुद्ध भएको अवस्थामा उनीहरु अलमलमा थिए ।
अब उनीहरुले पनि तत्काल वैध रुपमै युएई बस्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया