हेर्नुहोस् २०७६साल चैत्र १३ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र १३ गते । बिहीवारर । इ.स.२०२० मार्च २६ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु ।

ने.सं. ११४० सिल्लागा । चैत्र शुक्लपक्ष । तिथी– द्वितीया,१८ बजेर २४ मिनेट उप्रान्त तृतीया । नक्षत्र– रेवती,०६ बजेर १७ मिनेट उप्रान्त अश्विनी ।

योग– ऐन्द्र,१५ बजेर ३६ मिनेट उप्रान्त वैधृती । करण– कौलव,१८ बजेर २४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मित्र योग ।

चन्द्रराशि–मीन,विहान ०६ बजेर १७ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ६ बजेर ०३ मिनेटमा, सूर्यास्त १८ बजेर १७ मिनेटमा । दिनमान ३० घडी ३६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति तथा समाजसेवामा जनताको समर्थन जुटाउने कोशिस गर्नुहोला । सूचना प्रविधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले न्युन धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । खानेकुराको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि भीडभाडको यात्रा नगर्नु होला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । अध्ययन तथा कामको लागि गरिने यात्रा थाती राख्नुहोला । खानपानमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा कम समय दिएपनि आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको सहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ ।

पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पत्तीका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

र्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ ।

अध्ययन अध्यापनमा मन जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयमा काम सम्पादन नहुँदा निरासा छाउनेछ । बन्द व्यापारमा मन्दी आउने तथा आर्थिक शंकटको सामाना गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथिभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलाशी सामान प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि भरसक यात्रा नगर्नुहोला । भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा सहपाठीहरुलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ ।

माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नीबीच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ । सरसफाईमा ध्यान दिनुहोला दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् । सहयोगीहरुले हात झिक्नाले व्यापार व्यवसायमा मन्दी आउनेछ ।

वौद्धिक क्रिर्याकलापमा सहभागि हुने अवसर जुरेपनि भनेजस्तो पारिश्रमिक पाईने छैन । पढाई लेखाईमा अरुनै हाबी हुनेछन् । समयको गतिसँग बढ्न नसक्दा अरुभन्दा पछि परिनेछ । यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यवसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । भिडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायबाट न्युन नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दैनिक खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी गर्नको लागि केहि दिन कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा कुटुम्बलाई चाँडै विश्वास गर्नाले धोका पाईनेछ ।

प्रेममा अविश्वास बढ्ने तथा पतिपत्नीबीच शंका उपशंका बढ्नेछ । अध्ययनमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?