काठमाडौं । ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ कोरोना को उपचारमा प्रयोग भैरहेको यो औषधि देउराली जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेर सरकारलाई सित्तैमा दिने भएको छ ।
कम्पनीले तत्काल ४ लाख ट्याबलेट हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई निःशुल्क उपलब्ध गराउने भएको हो । जुन करिब १५ हजार कोभिड–१९ का बिमारीको उपचारका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । यसको बजार मूल्य करिब ४८ लाख रुपैयाँ बराबर पर्छ ।
कम्पनीले आफ्नो कर्पोरेट सोसिएल रेस्पोंसिबिलिटी र राष्ट्रप्रतिको जिम्मेवारी महसुस गरेर हामीले हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई दिने निर्णय गरेका बताएको छ ।’
औषधिको प्रभावकारितासँगै सरकारले निर्णय लिएमा यस्ता जीवनरक्षक औषधिको उत्पादनको ब्र्धि गर्न समेत कम्पनि तयार रहेको जानकारी गराइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया