मस्जिदको छतमा चलिरहेको थियो विवाहको पार्टी, पुलिसले समातेर पठायो जेल

काठमाडौं । कोरोना भाइरसको महामारीले सारा विश्व नै अहिले त्रसित बनेको छ । भाइरसका कारण सारा विश्वमा १८ हजार ९ सय ७ जनाको मृत्यु भईसकेको छ ।

पाकिस्तानमा पनि कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढिरहेका छन् । तर पाकिस्तानमा भने लकडाउन घोषणा गरेपनि नियमको अत्याधिक उल्लंघन भईरहेको बताइएको छ ।

पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटमा कोरोना भाइरसका बेलामा पनि विवाहको पार्टी आयोजना गरिएको थियो ।

उक्त विवाहको पार्टी एक मस्जिदको छतमा आयोजना गरिएको थियो । अजिम नवाज नामक व्यक्तिले विवाहको पार्टी दिनका लागि आफ्ना आफन्तहरुलाई बोलाएका थिए ।

अत्याधिक मानिसहरु एकै ठाउँमा भएको थाहा पाएपछि पुलिस त्यहाँ गएर अजिम र उनका केहि साथीहरुलाई गिरफ्तार गरेर पुलिस थाना लिएर गएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?