रुपन्देही । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं ५ सरकारले स्थापना गरेको राहत कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ समितिले दुई लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण देश विषम परिस्थितिमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विभिन्न प्रयासहरु भइरहेका सन्दर्भमा उद्योगी व्यवसायीका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका अध्यक्ष गुणनिधि तिवारीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई पत्राचार गरेर महासङ्घले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण कोषमा उद्योगी व्यवसायीका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारीसमेत गराएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया