यी नायिकाले लगाइन् निर्देशकमाथि यौन दुर्व्यवहारको आरोप

न्युयोर्क, २१ माघ । हलिउड नायिका उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् अमेरिकी सञ्चारमाध्यमसँग बोल्दै अभिनेत्री उमा थरमनले सन् १९९४ मा ‘पल्प फिक्सन’ चलचित्र सार्वजनिक भएपछि लन्डनको एउटा होटलमा वाइनस्टिनले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छन् अमेरिकी अखबार न्यूयोर्क टाइम्समा प्रकाशित एउटा लेखमा उनले भनेकी छन्, ‘त्यो एकदमै टाउको दुख्ने खालको घटना थियो, उनले मलाई धकेले, उनले आफूलाई नङ्ग्याए, उनले सबै नराम्रा खालका गतिविधि गरे ।’४७ वर्षीया अभिनेत्रीले किशोरी हुँदा उनलाई आफूभन्दा २० वर्ष जेठा अभिनेताले यौन सम्बन्धका लागि बाध्य बनाएको उल्लेख गरेकी छन् । गत नोभेम्बरमा उनले सार्वजनिक रुपमै वाइनस्टिनमाथि आक्रोश व्यक्त गरेपनि कुनै आरोप लगाएकी थिइनन् दुई अन्य महिलाहरुले पनि ब्रिटेनका प्रहरीसँग सम्पर्क गरी आफूहरु उनको शिकार भएको बताएका छन् । तर वाइनस्टिनकी एक प्रवक्ताले थरमनले गरेका दावी सत्य नभएको जनाएकी छन् दर्जनौं महिलाहरुले वाइनस्टिनमाथि यौन दुर्व्यवहारदेखि बलात्कार गरेको सम्मका आरोप लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?