काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनमा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जा मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो ।
ऊर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आम जनतालाइ एल पी जी ग्यासको बिकल्पमा इन्डक्सनमा खाना पकाउन आह्वान गर्दै आएका थिए ।
इन्डक्सनमा खाना पकाउदा ग्यास भन्दा सस्तो पर्ने विद्युत प्राधिकरणले जनाउदै आएको थियो थप छुटले यो अझ सस्तो हुनेछ । तर कसले ग्यासमा खाना पकायो र कसले इन्डक्सनमा प्राधिकरणले यसको निर्क्योल कुन मोडालिटिमा तय गर्ला त्यो भने हेर्न बाकि नै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया