कोरोनाः विश्वभरि महामन्दीको त्रास, यसो भन्छन् शक्ति राष्ट्रका प्रमुख

“कोरोना भाइरसको बढ्दो संक्रमणले शेयर मार्केटमा अधिक समस्या उत्पन्न भएको छ र विश्व भरि आर्थिक मन्दीको खतरा बढेको छ।” -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

“कोरोनाभाइरस आर्थिक प्रभाव ुगम्भीर हुनेछ, कम्तिमा द ग्रेट डिप्रेसन जस्तै भयाबह हुन सक्छ ।”

– आईएमएफ

“कोरोना भाइरसको बढ्दो संक्रमणलाइ हामीले बेवास्ता गर्ने हो भने देश २१ बर्ष पछि पुग्न सक्छ ।”

– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म २१ हजार २ सय ९५ जनाको मृत्यु भईसकेको छ । एकतिर विश्व भरि स्वास्थ्य जन्य मानवीय संकट चरम हुदै गएको छ भने आर्को तर्फ संसार भरि महामन्दीको आशंका उत्पन्न भएको छ। डिसेम्वर २०१९ बाट फैलिन थालेको कोरोना भाइरसका कारण आज विश्व शक्ति रास्ट्र अमेरिका, युरोप लगायत भारत सम्मको आथिक भबिस्य अन्योल ग्रस्त हुन् पुगेको छ ।

सन् १९२९ देखि १९३९ सम्म विश्वलाई नै महामन्दीमा पुर्याएको द ग्रेट डिप्रेसन भन्दा पनि कोरोनाले कठोर प्रभाव पर्न सक्ने विज्ञहरुले अनुमान शुरु गरेका छन् । “हामी दोस्रो विश्वयुद्धपछिको सबभन्दा जटिल संकटमा पुगेका छौँ ।” यो भनाइ हो जर्मनीका चान्सलर एङ्गेला मर्केलको, कोरोनाको मार बाट जोगिन १५०० खराब युरो को थप ऋण लिने घोषणा जर्मन सरकारले गरिसकेको छ ।

विश्वको ८ औ आर्थिक शक्ति राष्ट्र इटाली कोरोन भाइरस संक्रमण को चरम कहरमा फसेको छ, हाल सम्म इटाली मात्र ६८०० भन्दा बढीको मृत्यु भैसकेको छ । इटाली लार्इ यो भाइरस संक्रमण निकै महँगो पर्ने निश्चित छ, इटाली लाइ संकट बात जोगाउ कति खर्ब युरो को बेल आउट आवस्यक पर्छ र कति ऋण, इटाली मात्र होइन पुरै युरोपिएन युनियन यसको हिसाबमा लागेका छन् । अमेरिकी सेयर बजार ओरालो लागिसकेको छ, तेल को मुल्यमा भरि गिरावट आइसकेको छ।

संसारभरिका ठुला फ्याक्ट्रिहरु बन्द छन्, ग्लोबल म्यानुफ्याक्चरिंग इन्डेक्स करिब ५० ले हाल ओरालो लागेको छ।
संसारभरिकै सेवा उद्योगका ५० भन्दा बढी इन्डिकेटर अहिले नै तल झरी सकेका छन् । जल, थल र हवाई मार्ग ठप्प छन, पर्यटन उद्योग पूर्ण रुपमा धरासायी हुन पुगेको छ । यसको असर २०२० को अन्त्य सम्ममा संसार भरिकै ठुला बैंकहरुमा अवस्य देखिने छन् । अमेरिकी बन्ड मार्केट लगायत ठुला राष्ट्रहरुको बन्ड मार्केट समेत कमजोर हुँदै छन् । गत साता अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९०० अङ्कले घट्यो । संसारका ५० भन्दा बढी राष्ट्रका केन्द्रिय बैंकहरुले ब्याजदरको पुनर्तालिकीकरण गरि सकेका छन् तर पनि परिस्थिति नियन्त्रणमा आउन सकेको छैन ।

कोरोना भाइरसको बढ्दो संक्रमणका बावजुद पनि केहि राष्ट्रहरुले भने समयमा नै आर्थिक संकट बाट आफुलाई बचाउन सकेका छन् । कोरिया लगायत केहि एसियन टाइगर देश ले राम्रो तयारी गरेर देशलाई थप आर्थिक संकट मा फस्न दिएनन । कोरियाले ट्रेस, टेस्ट एण्ड ट्रिट को फर्मुला अख्तियार गर्दै कोरोना भाइरसको संक्रमण पहिलो चरणमै नियन्त्रणमा लियो ।

अर्को तर्फ चिन ले कोरोना भाइरस आफु कंहा नियन्त्रण भैसकेको दाबी गरेको छ । पछिल्लो २ महिनमा चिनियाँ शेयर बजारमा मात्र २५ प्रतिशतको गिरावट देखिएको छ। आज चिन विश्वभरिनै कोरोना भाइरस संग लड्न सहयोग को प्याकेज लिएर अघि बढेको छन् । जानकारहरु भन्छन् जसरि दोस्रो विश्व युद्धको अन्त्य संगै महाशक्ति राष्ट्रको रुपमा अमेरिकाको उदय भयो अब कोरोना संग को महायुद्ध पछि को महाशक्ति राष्ट्र चीन हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?