काठमाडौँ, २१ माघ- सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा एमालेले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा सार्वजनिक गरेको छ नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतीय विदेश सचिव स्वराजको नेपाल भ्रमणलाई लिएर नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैमा आग्रह गरे । उनले भारत सरकारले प्रधानमन्त्रीका दुतलाई पठाएर नयाँ बन्ने सरकारसँग सहकार्य गर्छु भन्ने सन्देश दिनुलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले विगतमा नयाँ सरकार बन्ने बेला विदेशीको आर्शिवाद लिने गरेको सन्देश जाने गरेको स्मरण गराउँदै अहिले भारत सरकारले आफ्ना दुतलाई नेपाल आएर नयाँ बन्न लागेको सरकारलाई बधाई दिनु नेपालको लागि ठूलो उपलब्धि मान्नुपर्ने धारणा समेत राखेसचिव ज्ञवालीले भारतीय विदेश सचिव स्वराजको नेपाल भ्रमण भारतीय चाहना अनुसार भएको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया