काठमाडौं । कोहि पनि मानिसको अनुहारकै कारण उ अर्को व्यक्ति भन्दा फरक देखिन्छ । जनावरहरुलाई पनि हामी त्यसको रुप,रंग हेरेर पहिचान गर्न सक्दछौँ । यदि बिरालो चमेरो जस्तो देखियो भने के होला ।
त्यसबेला तपाईले भन्नुहुनेछ कहाँ किरालो चमेरो जस्तो हुन्छ ? तर यो सत्य हो । लुसी नामको उक्त बिरालो हाइड्रोकेप्लेश नामको दुर्लभ न्युरोलजिकल कण्डिशनबाट ग्रस्त छ ।
त्यसै कारणले उक्त बिरालो आम बिरालोहरु भन्दा धेरै फरक छ । लुसीको इन्स्टाग्राममा लुसी द ब्याट क्याट नामको पेज छ र २३ हजार भन्दा धेरै फलोअर्स छन् ।
लुसी जब दुई महिनाको थियो तब उ इजरायलको ह्याफास्थित आफ्नो नयाँ घरमा गएको थियो । लुसीलाई शुरुवातमा जिल्लाले पालेकी थिइन् ।
उनी पहिला त उसको अवस्था देखेर धेरै चिन्तित पनि भइन् । तर अहिले भने उनीसँग लुसी बसेको केहि वर्ष पुगीसकेको छ । जिल्ला लुसीलाई अत्याधिक मायाँ गर्दछिन् ।
उनी लुसीकी मालिक्नी समेत हुन् । उनले एक साथीसँग मागेर लुसीलाई घर लगेकी थिइन् । लुसीलाई बिचित्र खालको रोग भए पनि उ आम बिरालोहरुको जसरी नै खेल्दछ ।
उसलाई सिँढीमा बसेर रमित हेर्न अत्याधिक मन लाग्दछ । लुसी अहिले सोसल मिडियाको स्टार बनिसकेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया