काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले ह्याण्ड स्यानिटाईजर उत्पादनका लागि सहजिकरणमा विकल्प खोज्नका लागि उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
यतिबेला विश्व समुदाय कोरोना भाइरसको कारण आक्रान्त बनेको छ । यसैक्रममा सांसद थापाले ईथानोल खरिदमा सहजीकरण गर्नका लागि नेपाली उद्योगहरुलाई सहज वातावरण बनाएमा आवस्यक स्यानिटाइजर उत्पादन गरि सस्तो र समयमै अस्पताललाइृ उपलब्ध गराउन सकिने बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “उखु उद्योगबाट ईथानोल खरिद गर्ने प्रक्रिया सहज गरिदिने हो भने नेपाली उद्योगहरुले नै आवश्यक ह्याण्ड सेनिटाइजर सस्तोमा र समयमै अस्पताललाई उपलब्ध गराउने विकल्पबारे १ हप्ता देखि अर्थमन्त्रालय लगायत को ध्यानाकर्षण गराइरहेका छौं ।”
विश्व कोरोनाको कारण आक्रान्त बनिरहेको यस अवस्थामा पूर्व स्वास्थ्यमन्त्री थापाले उपप्रधानमन्त्रीले उक्त काममा सहजीकरण गर्न अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया