काठमाडौं । प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नो घरमा क्वारेन्टाइन निर्माण गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आफ्ना जिल्लावासीलाई सहजता प्रदान गर्नका लागि घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।
रसुवाको बेत्रावतीस्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भएको तर त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफनो घरमा क्वारेन्टाइन बनाउन दिएको नेविसंघका नेता शुनिल पौडेलले जानकारी दिए ।
पौडेलले भने, “घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ शैयाको क्वारेनटाइन निर्माण भएको तथा कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधासम्पन्न रहेको छ ।”
बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफनै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया