काठमाण्डौं । कोरोनाको कारण लकडाउनमा रहेका ग्राहकहरुलाई एनसेलले रिचार्ज गर्दा १२० प्रतिशत बोनस दिने भएको छ ।
कोरोना संक्रमण थप जटिल नहोस भन्नका लागि यतिबेला नेपाल लकडाउनको अवस्थामा रहेको छ । निजी दुरसञ्चार प्रदायक कम्पनी एनसेलले ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।
ग्राहकहरुका लागि एनसेलले दिएको उक्त योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् ।
उक्त योजना अन्तर्गत जस्तै ग्राहकले ५० रिचार्ज गर्दा बोनस स्वरुप ६० प्राप्त गर्नेछन् । भने ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६०० प्राप्त गर्दछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुनेछ ।
उक्त योजना चैत १३ गते बिहीवारदेखी लागू गरेको कम्पनीको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया