काठमाडौं । उत्तर र दक्षिण कोरियाली सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतले पूर्ण रुपमा रातो भएको छ । देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा पैदा भएका कारण दक्षिण कोरियाली प्रशासनले यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश जारी गरेको थियो ।
तर वर्षाका कारण सीमा नजिकैको डम्पिङ ग्राउन्डबाट रगत बगेर नजिकैको सानो नदी इमजिनमा मिसिन पुग्यो । अफ्रिकन स्वाइन फिवर अत्यधिक संक्रमित र निको नहुने रोग हो जुन सुँगुरलाई लाग्छ । यसमा संक्रमित सुँगुर बाँच्ने कुनै सम्भावना नै हुँदैन ।
नदीमा बगेको रगतका कारण अन्य जनावरहरुलाई पनि खतरा हुने सम्भावना रहेको बताएका छन् स्थानीय अधिकारीहरुले बनाएका छन् ।
सुँगुरहरुलाई मार्नुभन्दा पहिले उपचार गरिएको अधिकारीहरुको भनाइ छ। मारिएका सुँगुर डम्पिङ साइटमा ट्रकभित्रै छोडिएको थियो । सुँगुरहरुलाई गाड्नका लागि बनाउन लागिएको प्लास्टिकका कन्टेनर बनाउन ढिलाइ भएका कारण खुलै छोडिएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया