काठमाडौं । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एअरवेजको विमान काठमाडौंकाट उडेको छ । कतार एअरवेजको विमान ३०५ जना यात्रु बोकेर काठमाडौंबाट उडेको हो ।
जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । दुई दूतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइएको थिएन् । यात्रुहरुलाई बोकेर काठमाडौंबाट उडेको विमान कतारको दोहा पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया