काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अस्पताल भर्ना भएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
फागुन ३० गते मृगौला प्रत्यारोपण गरी फर्किएका ओली मुटुको धड्कन बढेपछि बिहीवार राति अस्पताल भर्ना भएका थिए। प्रचण्डले शुक्रवार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएको स्रोतले जनाइएको छ ।
त्यस्तै उक्त भेटमा विश्व महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि कसरी अगाडि बढ्ने भन्ने कुराको विषयमा समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया