प्रधानमन्त्री ओली डिस्चार्ज, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ डिस्चार्ज भएका छन् । मुटुको चालमा समस्या भएपछि १३ चैत राति अस्पताल भर्ना भएका थिए । पूर्णरुपमा स्वास्थ्य लाभ गरि प्रधानमन्त्री ओली घर फर्किएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओली मुटुको चाल सामान्यभन्दा बढी देखिएपछि उनी १३ चैत राति साढे ११ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका थिए।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा फर्किइसकेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?