सांसद आचार्यद्वारा स्वास्थ्यकर्मीका लागि अत्यावस्यक सामाग्री वितरण

काठमाडौं । रसुवाका सांसद मोहन आचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरामीलाई उपचारका लागि अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सांसद आचार्यले स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने अत्यावश्यक सुरक्षा कबच पिपिइ (प्रर्शनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) ३५ सेट,पन्जा ३५० थान , मास्क ५००० थान र सेनिटाइजर लगायतकाको सामाग्री जिल्ला बिपद् व्यवस्थापन समिति रसुवालाई उपलब्ध गराएका हुन् ।

कोरोना उपचारका लागि आवस्यक सामाग्री उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल मार्फत हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

“सम्भावित जोखिम र आवश्यकता लाइ मध्यनजर गर्दै जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत सो सामाग्री को बितरण र प्रयोग हुनेछ। विश्वव्यापी रुपमा कोभिड ९१९ को उपचार मा प्रयोग हुने सामाग्री र मास्कको अभाव रहेकोले सामाग्री को उपलब्धतासंगै अत्यावश्यक सामाग्री हरु सम्भव भएसम्म उपलब्ध गराउँदै जानेछु ।” उनले भने

कोरोना विरुद्धको लढाईमा आफ्नो जिल्ला पनि अक्षुतो रहन नसकेको कुुरा उद्रृत गर्दै सम्भावित संक्रमणबाट बच्नका लागि भिडभाडमा नजान र अनावस्यक हिडडूल नगर्न समेत रसुवाली नागरिकहरुलाई आग्रह समेत गरेका छन् ।

कोभिड १९ को संक्रमणबाट बच्नको लागि चालिने सबै क्रियाकलापमा एउटा जनप्रतिनिधिको हैसियतमा सदैव सकृय रहिरहने कुरा समेत व्यक्त गरेका छन् ।

त्यतिमात्र नभएर सांसद आर्चायले कोरोना संक्रमणबाट हुनसक्ने क्षतिलाई कम गर्न आफ्नै घरलाई क्वारेन्टाईनको रुपमा उपलब्ध समेत गराएका छन् । रसुवाको बेत्रावतीस्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भएको तर त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफनो घरमा क्वारेन्टाइन बनाउन दिएका हन् । आफ्ना जिल्लावासीलाई सहजता प्रदान गर्नका लागि घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।

यो पनि

मनकारी सांसद जसले बनाए आफ्नै घरलाई क्वारेन्टाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?