काठमाडौं । आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका ३४ वर्षीय युवा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको पुष्टि भएको छ । उनी कैलालीको धनगढी उपमहानगरपालिकामा अस्वस्थ भएपछि चैत ११ गते सेती अञ्चल अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्य मन्त्रालय निकट स्रोतका अनुसार उनी गत ७ चैत गते काठमाडौं आएका थिए ।
तर काठमाडौँ आइसकेपछि एक दिन मामा घर बसेर दोस्रो दिन उनी बुद्ध एयरबाट नेपालगञ्ज गएका थिए । त्यसपछि उनले धनगढीसम्मको यात्रा बसबाट गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया