काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ५ लाख ५९ हजार ३ सय ५१ जना संक्रमित बनेका छन् । यस्तै २५ हजारबढीको मृत्यु भएको छ भने संक्रमितमध्ये १ लाख २८ हजार ७८१ जना निको पनि भएका छन् ।
नेपालमा समेत ४ जना संक्रमित भएको यो भाइरसका कारण विश्वका धेरै देशमा लकडाउन गरिएको छ ।
भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा चीन,। अमेरिका, इटाली, स्पेन, जर्मनी, इरान, फ्रान्स, युके, स्वीट्जरल्याण्डलगायतका देशहरु रहेका छन् । चीन यो रोगको संक्रमणबाट करिब मुक्त भएपनि अमेरिकामा अवस्था भायवह छ । अमेरिकामा यो रोगको संक्रमण ६ हजार बढीमा देखिएको छ भने १३ सय बढीको मृत्यु भएको छ। यस्तै इटालीमा सबैभन्दा धेरै ८ हजार २१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया