संक्रमणको आशंका गरिएका एक दम्पत्तीमा कोरोना पुष्टि भएन

काठमाडौं। स्याङजामा कोरोना संक्रमणको आशंका गरिएका एक दम्पत्तीमा त्यसको लक्षण नरहेको पुष्टि भएको छ ।

फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीया श्रीमान र ३६ वर्षीय श्रीमतिमा गरिएको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

गाउँपालिकाले बिहीबार कोरोना परीक्षणका लागिशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो ।

दम्पत्ती सहितउनीहरुको १४ वर्षीया छोरीलाई समेत गाउँपालिकाले क्वारेन्टाइनमा राखिएको छ ।क्वारेन्टाइनमा १४ दिनवा २१ दिन सम्म राख्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल र परामर्श गरेर मात्र घर पठाउने गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए। उनकाअनुसार गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा ३५ हजार जनालाई स्वास्थ्य परीक्षण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?