काठमाडौं । चीनमा लौकडाउनलाई हटाउने वितिक्कै कोरोनाको उद्गम हुबेई प्रान्त र छिमेकी जियांगक्सी प्रान्त जोड्ने पुलमा हिंसक झडप भएका छन् ।
चिनियाँ समाजिक सञ्जालमा पोस्ट गरिएको भीडियोहरुमा पुलमा पुलिसको गाडी लागि पल्टाइएको देखिन्छ भने पुलिसले ठुलो संख्यामा चिच्याउँदै गरेको भीडको सामना गरिरहेको देखिन्छ । स्थानीय मीडियाका अनुसार जियांग्शी प्रशासनले हुबेईका मानिसहरुलाई प्रवेशमा रोक लगाएको छ । हुबेईले वुहानबाहेका प्रान्तका बाँकी क्षेत्रको लागि लौकडाउन हटाएको छ ।
तर कोभिड–१९बाट प्रताडित हुबेईको मानिसहरुप्रति चीनमा गहिरो अविश्वासले जडो गाडिसकेको छ । प्रशासनले सफलतापूर्वक महामारी समाप्त गरेको दाबी गरेपनि हुबेईका मानिसहरुलाई होटल र घरहरुमा प्रवेशबाट वञ्चित गरिन्छ ।
लौकडाउन हटनुको अर्थ यो हो कि ठुलो संख्यामा हुबेईमा मानिसहरु चीनको अन्य स्थानहरुमा जाने कोसिस गर्छन् ।
शुक्रवार पुलमा भएको झडपको भीडियोमा हुवेइबाट यांग्त्जी नदीपार गरि जिआंगशी जान खोजिरहेको व्यक्तिहरुलाई रोक्न पुलपारि वर्दीधारी अधिकारिहरुकोे पंक्तिले नाकावन्दी गरी खोजिरहेको देखिन्छ । एउटा ठुलो भीड नाकाबंदीलाई तोड्न मार्च गरिरहेको देखिन्छ । एउटा अर्कोमा भीडियोमा हुबेईका पार्टी कमिटीमा सचिव मा यांग्त्जीले भिडलाई तितर–बितर हुन आग्रह गरिरहेका देखिन्छ । उनी भीडलाई त्यहाँ त्यसरी जम्मा हुन खतरनाक हुने सम्झाउने कोशिस गरिरहेको देखिन्छन् ।
पुलको टोल बुथमा कार्यरत एक कर्मचारीले द ग्लोब एण्ड मेलसँग कुरा गर्दै झड्प शुक्रबार दिउँसो ३ बजेदेखी ६ बजेको बीचमा भएको बताए । उनकोे नाम यस कारण गोप्य राखिएको छ किनभने उनलाई विदेशी मीडियासँग कुरा गर्न अनुमति छैन । शुक्रबार दिउँसोदेखी पुलको दुबै तर्फ नाकाबन्दी लगाइएको छ ।
सरकारी स्वामित्वको एक चीनियाँ मिडिया डेली मेलले पनि झडप भएको पुष्टि गर्दै आफ्नो समाजिक सञ्जाल वीबोबाट झडप पश्तचापयोग्य रहेको टिप्पणी गरेको छ ।
आधिकारिक सरकारी नीति अनुसार जो वुहान बाहिर बस्छन् र स्वस्थ छन् उनीहरु बुधवारबाट यात्रा गर्न पाउछन् । रेलवे र लामो दूरीको बस सेवा फेरीबाट सुचारु गरिएको छ । हुबेईबाट लाखौ मानिसलाई कामका लागि अन्यत्र जाने बाध्यता छ । तर हुवेइका नागरिकहरुलाई चीनको अन्य भागमा अझै पनि विभेद भईरहेको छ । यसले हुवेइमा साच्चैँ नै कोरोनाका महामारी अन्त्य भएको हो भन्ने सन्देह उत्पन्न गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया