काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गरेको छ । लकडाउनको चौथो दिन चितवन सुनसान देखिएको छ । सधैँजसो भिडभाड हुने चितवन अहिले सुनसान बनेको छ ।
त्यस्तै अरुबेला एकदम व्यस्त र सवारीको चापाचाप हुने चितवनका सडकहरु सुनसान भएका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवस्यकिय सवारी साधन मात्र देखिएको छ । विभिन्न ठाँउमा कोरोनाको आशंकामा मानिसहरु अस्पताल भर्ना भइरहेको समाचारले मानिसहरु त्रसित भइ आफुलाई घरभित्र नै सिमीत गरेका छन् । भने कति मानिसहरु बाहिर हिडिरहेको र प्रहरीले नियन्त्रणमा लिएको समाचार आइरहेको छ ।
तर, केहि मानिसहरु सरकारको यो नीति विपरित मनिङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तर विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् ? यो हविगत हामीले व्यहोर्नु पर्यो भने ? त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।
फोटो :
लकडाउनमा के – के हुनेछन् ?
अन्तरदेशीय आपूर्ति व्यवस्था सुचारु रहनेछन्
आन्तरिक आपूर्ति व्यवस्था नियमित हुनेछन् । त्यसैले दर्जनौँ सिलिन्डर घरमा थुपारेर अरुको चुल्होसम्म बल्न नदिने अपराध जोकोहीले गर्नुहुँदैन ।
एम्बुलेन्स तयारी हुनेछन् ।
अस्पतालमा विशेष तयारी हुनेछ ।
अग्नी नियन्त्रक अलर्टमा बस्नेछन् ।
सुरक्षा निकाय तयारी अवस्थामा छन् ।
खानेपानी, फोहोर बिजुलीजस्ता आधारभूत आवश्यकता सहजै पूर्ति हुनेछन् ।
अत्यावश्यकीय वस्तु : नुन, तेल, चामल, ग्यास, इन्धन लगायत सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने गृह मन्त्रालयले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐनले प्रत्याभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्ने जनाएको छ ।
नआत्तिनुहोस् यी वस्तु तथा सेवा सहजै पाइनेछन् ।
खाद्य पदार्थ अन्तर्गत
- चामल (मसिनो, मोटा)
- मकै
- चिउरा
- गहुँ, मैदा र पिठो
- दाल (रहर र मास)
- नुन,
- चिनी,
- चिया
- खाने तेल (तोरी, भटमास)
- घ्यू (वनस्पतिसमेत)
- दूध (बेबीफूड तथा पाउडरसमेत)
- तरकारी (आलु, प्याज, गोलभेडा)
- सबै प्रकारका मासु
- फलफूल (मौसम, केरा, स्याउ, सुन्तला)
- मसला (जिरा, मरिच, अदुवा, धनिया र खुर्सानी)
अन्य आवश्यकीय पदार्थ
- औषधि
- बाक्लो कपडा (४० काउण्ट सम्मको धोती साडी समेत)
- लुगा धुने र नुहाउने साबुन
- मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत
- रासायनिक मल
- दाउरा तथा कोईला
- निर्माण सामाग्रीतर्फ
- सिमेन्ट
- फलामे छड
- कर्कटपाता
- जिआई पाईप तथा पोलिथिन पाइप
- ईट्टा
- काठ
शैक्षिक सामग्रीतर्फ
- लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम
- न्यूज प्रिन्ट
सरकारले ह्याण्ड स्यानिटाइजर र मास्कलाई पनि यो सूचीमा राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया