काठमाडौं । युएईमा फेरि २ जना नेपालीमा कोरोना संक्रमण भएको भेटिएको छ।
त्यहाँको (Ministry of Health and Prevention (MOHAP) ले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र ७२ नयाँ संक्रमित थपिएका थिए । जसमध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको जनाइएको छ ।
हाल उनीहरूको अवस्था स्थिर रहेको युएइमै उपचार भइरहेको मन्त्रालयले जनाएको छ । युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
यसअघि पनि युएईमा दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो।
तर केही समयको उपचारपछि उनिहरुको स्वास्थ्यलाभ भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया