काठमाडौं । नेपालस्थित जर्मन दूतावासले कोरोना भाइरसबाट सिर्जित परिस्थितिका कारण नेपालमा फसेका फसेका आफ्ना ४०० नागरिकसहित ६०० जनाको उद्दार गरेको छ ।
दूतावासका अनुसार कतार एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार र शनिबार गरी उनीहरुको उद्दार गरिएको छ ।
उद्दार गरिनेमा ४०० जना जर्मन नागरिक, १८५ जना युरोपियन युनियनका नागरिक र अन्य १५ जना रहेका छन्।
दूतावासका अनुसार नेपालमा फसेका नागरिकको उद्दारकै लागि कतार एयरलाइन्सको चार्टर फ्लाइट नेपाल आएको थियो ।
याुत्रको उद्दारमा लाग्ने खर्च यात्रुले केही र बाँकी जर्मन सरकारले व्यहोर्ने बताइएको छ ।
दूतावासले करिब २०० जर्मन नागरिक अझै पनि नेपालमा विभिन्न स्थानमा पर्यटकको रुपमा फसेको हुनसक्ने जनाएको छ ।
दूतावासले नेपालमा फसेका नागरिकलाई उद्दारमा सघाउने सबै पक्षलाई धन्यवाद दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया