काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनको कारण अर्थतन्त्रमा क्षति पुगेको भन्दै ग्राहकहरुको लागि सहुलियत दिने भएको छ ।
राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने भएको हो ।
उक्त सहुलियत अनुसार चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा हर्जना नलाग्ने भएको शिवाकोटीले बताएका छन् ।
साथै यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट समेत पाउनेछन् ।
कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने राष्ट्र बैंकले जनाएको छ । साथै राष्ट्र बैंकले पुर्नकर्जा कोष ६० अर्बको पुर्याउने र पुनर्कर्जा सुविधा बढाउन लागेको हो ।
ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया