काठमाडौं । यतिबेला विश्व कोरोना महामारीबाट आक्रान्त बनेको छ । विश्व समुदाय नै कसरी कोरोनाबाट उन्मुक्ति पाउने भन्नेतिर लागेका छन् । कोरोना कै कारण विश्वका ठुला-ठुला आयोजनाहरु प्रभावित बनेका छन् ।
जसबाट नेपाल पनि अक्षुतो रहन सकेन । नेपालमा तय गरिएका सबै किसिमका काम कारबाहीहरु ठप्प भएका छन् । हालसम्म नेपालमा पनि ५ जनामा कोरोना संक्रमण देखिएको सरकारी तथ्यांकले देखाएको छ ।
कोरोना संक्रमण थप जोखिम नहोस भन्नका लागि सरकारले चैत ११ गतेबाट १८ गतेसम्म लकडाउन गरेको छ । जोखिम कम गर्नका लागि मन्त्रीपरिषदको बैठकमा समेत सरकारले सजगता अपनाएको देखिन्छ ।
आइतवार बसेको मन्त्री परिषदको बैठक छुट्टा-छुट्टै कुर्सीमा बसेको देखिन्छ । त्यतिमात्र नभएर कोरोना नसरोस भन्नका लागि सबैले मास्क समेत लगाएका छन् । भने सबैजना बसेको कुर्सीको दुरि समेत कायम गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया