माले, २२ माघ । माल्दिभ्समा राजनीतिक बन्दीहरुलाई रिहाँ गर्न अदालतले आदेश दिएपछि नयाँ शक्ति संघर्ष र राजनीतिक संकटको अवस्था देखा परेको छ सरकारले ९ जना राजनीतिक बन्दी रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना मान्न अस्वीकार गरेपछि नयाँ संकटको अवस्था देखा परेको हो । माल्दिभ्समा देशका उच्च सैनिक तथा प्रहरी अधिकारीहरुले सरकारको रक्षाका लागि आवश्यक परे प्राण त्याग गर्ने शपथ नै लिएका छन् सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्लाह यामिनलाई पदबाट हटाउने प्रयास गरिरहेको महान्यायाधिवक्ता दाबी गरेका छन् । उनले राष्ट्रपति अब्दुल्लाह यामिनलाई पदबाट हटाउन गरिने कुनै पनि प्रयासलाई रोक्न सुरक्षाफौजलाई निर्देशन दिएका छन् यामिनलाई बचाउनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुने पछिल्लो शपथ समारोहको टेलिभिजनमार्फत प्रसारण गरिएको थियो राष्ट्रपतिलाई नियन्त्रणमा लिने कुनै पनि कदम अवैधानिक हुने उनको भनाई छ । माल्दिभ्सको सर्वोच्च अदालतले नौ जना राजनीतिक आस्थाका बन्दीहरुलाई हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएपनि त्यसलाई सरकारले अस्वीकार गर्दै संसद स्थगित गरेको थियो मुख्य विपक्षी दलले भने सरकारले सर्वोच्चको आदेश पालना नगर्नु सत्तापलट सरह भएको टिप्पणी गरेको छ । पूर्व राष्ट्रपति मोहम्मद नाशीदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन् सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि नाशीदले आह्वान गरेका छन् उनी हाल श्रीलंकामा निर्वासनमा रहेका छन् । नाशीद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सको पहिलो राष्ट्रपति पनि हुन् उनीमाथि लागेको आतंकवादको आरोप सर्वोच्च अदालतले खारेज गर्दै सो मुद्दासम्बन्धी सन् २०१५ मा भएको सुनुवाइ राजनीतिक रुपमा अभिप्रेरित भएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया