काठमाडौं । व्यवसायमा कोरोनाको काराणले व्यवधान आएको कारण सरकारले कर तिर्नुपर्ने समय थप गरेको छ । आइतवार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
फागुन महिनाको मासिक, माघ र फागनुको द्वैमासिक र दोस्रो चौमासिकको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र विवरणबमोजिमको कर दाखिला गर्ने समय ०७७ वैशाख २५ गतेसम्म बुझाउन पाउने भएको छ ।
आय कर ऐन २०५८ बमोजिम ६ महिनाको अग्रिम कर कट्टी र बुझाउनुपर्ने विवरण समयको समय २०७७ बैशाख २५ गतेसम्म थप गरिएको छ । आय कर ऐनअनुसार चैत महिनामा बुझाउनुपर्ने आव ०६६ र ७७ को कर विवरण र दोस्रो किस्ताको रकम दाखिल गर्ने रकम पनि बैशाख मसान्तसम्म थप गर्ने निर्णय सरकारले गरेको छ ।
नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम करयोग्य आयको गणना गर्दा घटाउन पाउने र कट्टी गरी सरकारलाई रकम बुझाए हुने व्यवस्था गरेको छ ।कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्ने विवरणको समय ०७७ वैशाख मसान्तसम्म कायम गर्ने निर्णय पनि सरकारले गरेको छ । प्राइभेट फर्म नवीकरण तर्फ पनि ०७७ बैहाखसम्म गर्न पाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया