उत्तर कोरियाका वरिष्ठ अधिकारी दक्षिण कोरिया भ्रमणमा आउने

सोल, २२ माघ । उत्तर कोरियाका एक वरिष्ठ अधिकारी दक्षिण कोरिया आउने भएका छन् शीतकालीन ओलिम्पिकका क्रममा दुई देशबीचको तनाव कम हुँदै गएका बेला उत्तर कोरियाले आफ्ना उच्च तहका अधिकारीलाई दक्षिण कोरिया पठाउन लागेको हो उत्तर कोरियाका आलङ्कारिक राष्ट्रप्रमुख किम यङ–नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले उल्लेख गरेको छ शीतकालीन ओलिम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनी ‘मार्चपास’ गर्नेछन् उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दी लागेका बेला दुई देशबीचको सम्बन्धमा सुधार आएको हो किम यङ–नाम उत्तर कोरियाली संसद्का प्रमुख हुन् । उनी विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमण गर्ने उनी सबैभन्दा उच्च पदस्थ अधिकारी हुनेछन् दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसका एक अधिकारीले भ्रमणले कोरियाली तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको बताएका छन् किम यङ–नामले अन्य तीनजना अधिकारी र १८ जना सहयोगी कर्मचारी भएको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?