लमजुङमा स्थानीय र चिनियाँ नागरिकबीच झडप

काठमाडौं । लमजुङमा स्थानीय बासिन्दा र चिनियाँ नागरिकबीच झडप भएको छ । स्थानीयले लकडाउनको बेला निर्माण सामाग्री ल्याएको भन्दै विरोध गरेका थिए र झडप हुन पुगेको थियो । जिल्लाको मस्र्याङदी गाउपालिका वडा नं ६ ठूलो बेसीमा न्यादी हाइड्रोपावरमा कार्यरत ठुलो संख्यामा चिनियाँ नागरिक काम गर्दै आएका छन् ।

चिनियाँ कामदारहरुले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्र्याएपछि स्थानीयहरु रुष्ट भएका थिए ।

हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चाईनीजहरु कुटपीटमा उत्रिएको त्यहाको स्थानिय प्रशासनले जनाएको छ ।

लकडाउनका बेला आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनियाँहरु भने सामाग्री ल्याएपछि कोरोनाको डरका कारण विरोध गरेको जसको कारण झडप भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?