काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना परिक्षण अब पोखरामा पनि हुने भएको छ । कोरोना संक्रमण भएको नभएको पत्ता लगाउने ‘पीसीआर मेसिन’ पोखरा पुगेसँगै उपचारमा सहजता थपिएको छ ।
संक्रमितको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
त्यहाँ उक्त सामाग्रीहरु लिएर हेलिकप्टर अवतरण गरेसँगै मेसिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद समेत परेको थियो । भने अब त्यो विवाद समेत हल भइ कोरोना संक्रमितको परिक्षणमा सहजता आउने भएको हो ।
त्यतिमात्र नभइ परिक्षणको लागि आवस्यक किट, केमिकल र विज्ञको टोली समेत पोखरा पुगेको छ । स्वास्थ्य सामाग्रीको उपलब्धतासँगै अब गण्डकी प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण पोखरामा नै सहज रुपमा हुने भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया