अत्यावश्यक वस्तुको भुक्तानी नरोक्न महालेखाको निर्देशन

काठमाडौं । लकडाउनको अवस्था भएपनि महालेखा नियन्त्रकको कार्यालयले अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ ।

उपमहालेखा नियन्त्रक निरज केसीद्धारा जारी सुचनामा लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?