कोरोनाविरुद्ध लड्न सरकारले गर्यो अर्काे ‘एक्सन कमिटी’ गठन

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्नका लागि तीनै तहले समन्वय गर्ने भएको छ । त्यसै अनुसार तीनै तहका सरकारसहित जिल्ला स्तरमासमेत ‘एक्सन कमिटी’ले तत्काल उद्धार,राहत र व्यवस्थापनको काम गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतवार बसेको मन्त्रिपरिषदको बैठकले केन्द्रमा कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) गठन गरेको छ ।

कोरोना विरुद्ध लड्नको लागि गठित सीसीएमसीको पहिलो बैठक मंगलबार छाउनीस्थित सैनिक ब्यारकेमा बसेको छ । र उक्त बैठकले केही योजनाहरु समेत बनाएको छ । सो समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी,स्वाथ्यमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री डा।युवराज खतिवडा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत प्राविधिक टिम रहेको छ ।

नेपाली सेनाका हेलिकप्टर कुनै पनि अवस्थाका लागि तयारी हालतमा राख्ने र आवश्यक जुनसुकै परिस्थितिमा तत्काल एक्सन गर्ने गरी कमिटीले योजना बनाउनेछ ।

त्यस्तै तीनै तहमा एक्सन टिम बन्ने र कुनै पनि आपतकालिन अवस्थामा तत्काल आवश्यक सबै काम त्यसले गर्ने मन्त्री त्रिपाठीले बताए ।

साथै यसअघि सरकारले उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा कोरोना विरुद्ध लड्नका लागि उच्चस्तरीय समिति गठन गरि काम समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?