दाङ, २२ माघ । एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् तुलसीपुरमा चिया बेच्दै आएका कमल हलवाइले मासिक ५० हजार आम्दानी गर्दै आएका छन् । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उनले बताए ‘हलवाईले भने, ‘दैनिक दुई हजारभन्दा बढी कमाइ हुन्छ ।’ बजारको पसल पसलमा तथा सडकमा उनले कालो चिया बिक्री गर्दै आएका छन् । उनले १० को दरले चिया बेच्दै आएका छन् चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्छन् बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया