काठमाडौं । कोरोनाको कारण सरकारले लकडाउन गरेको छ । जसको कारण मानिसको दैनिक जीवनमा उपभोग्य वस्तुहरु अभाव हुन थालेपछि खाना पकाउने ग्याँस विभिन्न ठाँउबाट वितरण गरिने भएको छ ।
काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले पठाएको नेपाल आयल निगमले जनाएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्ने भएको छ ।
साथै नेपाल ग्याँस कम्पनीअन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ ।
सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत् छ हजार चार सय ८० सिलिण्डर वितरण हुन लागेको आयल निगमले जनाएको छ ।
निगमका अनुसार उपत्यकासहितका विभिन्न जिल्लाका छ वटा डिलरमार्फत् दुई हजार पाँच हजार ७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने हु्ने भएको हो ।
त्यस्तै निगमले उपभोक्ताहरुलाई एलपी ग्याँस नपाएमा सम्पर्क गर्नको लागि समेत आग्रह गरेको छ ।
यस्तो छ नम्बरः
हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८
अन्य नम्बरहरु
९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९
यी स्थानबाट तपाईले ग्याँस प्राप्त गर्न सक्नुहुन्छः
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/04/LPG-Daily-Sales-plan-2076.12.21.pdf” title=”LPG Daily Sales plan 2076.12.21″]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया