विराटनगर, २२ माघ – “विकास र समृद्धि सबैको साझा एजेण्डा हुनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि स्वस्थ्य प्रतिस्पर्धा गरौँ ।”जिल्ला समन्वय समितिको सभाभवनमा भएको प्रदेश नं १ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठकमा आज यही विचार मुखरित भयो । बैठकमा छ राजनीतिक दलका प्रतिनिधि र एक स्वतन्त्र सांसदले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो उहाँहरुले प्राकृतिक सम्पदामा धनी प्रदेश नं १ मा धार्मिकस्थल, पर्यटकीयस्थल, संसारकै अग्लो हिमाल, वनजङ्गल, खानीलगायतका धार्मिक र प्राकृतिक सम्पदा रहेको भन्दै यो प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो बैठकमा पहिलो वक्ता नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशमा विकासको प्रचूर सम्भावना रहेको र विकासको ढोका खोल्न सबै एकजुट हुनुपर्ने बताउनुभयो कृषि र जलस्रोतको विकास गरी औद्योगिक गतिविधिलाई गति दिनुपर्ने उहाँको भनाइ थियो नेपाली काँग्रेसका सांसद चन्द्रप्रसाद श्रेष्ठले बहुजाति र बहुधार्मिक समुदायबीच भावनात्मक एकता कायम गर्ने दायित्व आपूmहरुको काँधमा रहेको बताउनुभयो नेकपा (माओवादी केन्द्र) का सांसद इन्द्रबहादुर आङ्बोले प्राप्त उपलब्धिलाई रक्षा गरी जनताका बीचमा गरिएका प्रतिबद्धतालाई पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बेरोजगारी समस्याको समाधान खोज्नुपर्नेमा उहाँको जोड थियो सङ्घीय समाजवादी फोरम नेपालका सांसद् जयराम यादवले राष्ट्रिय एकता र सार्वभौमिकतालाई अक्षुण्ण राख्नुपर्ने बताउनुभयो स्थायी सरकार नबनेसम्म प्रदेशको पनि विकास हुन नसक्ने भन्दै उहाँले वाम गठबन्धनलाई स्थायी सरकार बनाउन आग्रह गर्नुभयो राप्रपाका सांसद इन्दिरा राईले जातीयता र क्षेत्रीयताबाट माथि उठेर अगाडि बढ्नुपर्ने धारणा प्रकट गर्नुभयो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फेले अस्तित्व पहिचानका लागि सङ्घर्ष भइरहेको उल्लेख गर्दै प्रदेश नं १ को पुनःसीमाङ्कन हुनुपर्छ भन्नुभयो स्वतन्त्र सांसद नारायणबहादुर मगरले प्रदेश नं १ का विभिन्न पर्यटकीय स्थल र हिमशृङ्खलाको प्रचारबाट लाखौँ पर्यटक भित्र्याउन सकिने सम्भावनालाई औँल्याउनुभयो मौलिक पहिरनमा सांसदअधिकांश प्रदेशसभा सदस्य दौरा सुरुवालमा हुनुहुन्थ्यो । सङ्घीय समाजवादी फोरमका सदस्य जयराम यादव कुर्ता पाइजामा, बण्डी र गम्छामा हुनुहुन्थ्यो । अधिकांश महिला सांसद साडी चोलोमा हुनुहुन्थ्यो भने सोलुखम्बुको ‘ख’ का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले शेर्पाको पहिरन छेवा (बख्खु) र शेर्पाली टोपी लगाउनुभएको थियो बैठकस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया